FAQs Complain Problems

वडा नं. ५ को कार्यालय

                                भनाइ                            

महावै गा.पा वडा नं ५ गेलाको यथार्थ चित्र जस्ताको तस्तै उतार्ने प्रयास स्वरुप मेरो पहिलो प्रयासमा गेलाको परिचय लेख्ने जमर्को गरेको छु । यसमा गेलाको सम्पूर्ण वस्तु स्थिती झल्कीने गरि समस्टीगत रुपमा यहाँ प्रस्तुत गरेको छु । तथ्याङ्क भनेको विकास बाँड फाँडको मुल आधार भएकाले यसमा तथ्याङ्क सङ्कलन गरी ताजा तथा यथार्थ परक होउन भन्ने उद्देश्यले स्थानीय श्रोतको प्रयोग गरिएको छ ता पनि केहि तथ्याङ्कहरु अन्य श्रोतबाट पनि साभार गरिएको छ । यसमा यस वडाको सम्पूर्ण विवरणहरु पस्कने प्रयास गरिएको छ ।

यहाँको जनसंख्याको विवरण टोलगत र जातीगत आधारमा राखिएको छ । २०७९ साल फागुन महिनामा यस वडामा कार्यरत कर्मचारीहरु कृषि प्राविधिक सुश्री पवित्रा शाही, वडा सहयोगि श्री विष्णु प्रसाद उपाध्याय, विमा कार्यकर्ता सुश्री मेनका वि.क. र विद्धुत अपरेटर श्री कुशिन्द्र शाही यस वडाको प्रत्येक टोलमा खटी वडाको डाटा संकलन गरिएको छ ।

यसमा सुझाव सल्लाहा दिएर सहयोग गर्नु हुने यस वडाका वडाध्यक्ष श्री शिवराज जैसी लगायत यस वडाका सम्पूर्ण वडा सदस्यहरु र यस गा.पा.का उपाध्यक्ष श्री दान सिंह सेजुवाल ज्यूलाइ हार्दिक धन्यवाद दिन चाहन्छु । आफ्नो अमुल्य सुझाव दिइ सहयोग गर्नु हुने श्री कालीका मा.वि.का शिक्षकहरु, आदर्श आ.वि. औलगेलाका शिक्षक श्री चन्द्र बहादुर शाही लगायत अन्य शिक्षकहरु, यहाँका राजनीतिक दल, शिक्षाप्रेमी, बुद्दीजीवि, व्यपारी, जेष्ठ नागरिक, महिला, वालबालिका लगाएत सम्पूर्ण गेलाबासी र महावैवासीमा हार्दिक धन्यवाद दिन चाहन्छु ।

अन्त्यमा पाठक वर्गमा गेलाको परिचय लेखनका क्रममा लेखकबाट भएका भाषिक त्रुटी लगाएत अन्य कमि कमजोरी प्रति क्षमा याचना गर्दै यहाँहरुको अमूल्य रचनात्मक सुझावका लागि हार्दिक आह्वान गर्दछु ।

                                                                  प्राथी

                                                           शंखलाल पोख्रेल

                                                             वडा सचिव

                                                         महावै गा.पा. वडा नं ५

 

 

 

 

 

गेलाको परिचय

वडा कार्यालय

प्राकृतीक श्रोत साधनले भरिपूर्ण कर्णाली प्रदेशको १० जिल्ला मध्ये कालीकोट जिल्ला अन्तरगत नौ वटा स्थानिय तह मध्ये महावै विशेष गाउँपालिकाको वडा नं ५ को हाल सम्म वडा कार्यालयको सरकारी भवन नवनेका कारण यस गेलाको मुटु अथवा गेला गाउँको वीच भागमा रहेको कालीका मा वि गेलाको पिपलचौतारा नजिकको एकजना मणिचन्द्र उपाध्यायको घर भाडामा रहेको छ ।

वडाका पदाधिकारीहरुः

गणतन्त्र पछिको स्थानीय तहको दोश्रो निर्वाचनबाट निर्वाचित भएका पदाधिकारीहरु तथा वडा समितिहरु यस प्रकार छनः

१ शिवराज जैसी                     - वडाध्यक्ष

२ पिउली वि क                      - दलित महिला वडा सदस्य

३ बसन्ती शाही                      - खुल्लावडा सदस्य

४ नानी शाही                        - महिला वडा सदस्य

५ तिल प्रसाद उपाध्याय               - खुल्ला वडा सदस्य

६ शंखलाल पोख्रेल                    - वडा सचिव

गेला नाम रहनुको कारण

       गेला गाउँ एक अति रमणीय सुन्दर प्राकृतिक मनोमहक गाउँ हो । गोपाल वंशको पालामा गाइ भैसी पाल्ने ग्वालाहरुले यहाँको अधिकांश भूभाग देखिने अग्लो ठाँउमा गोठ बनाएर वस्ने गरेकाले रयहाँ कोट परेको अग्लो ठाउँ भएकाले यस ठाउँलाइ हाल ग्वालाकोट भनेर चिनिन्छ । त्यसै ग्वालाकोटबाट गेला नाम रहेको भन्ने पौराणिक भनाइ रहेकोछ । हाल सम्पूर्ण गेलाबासीले मान्ने देवताको रुपमा उक्त ग्वालाकोटमा भवानीको मन्दिर रहेको छ । नेपालीको महान चाड विजया दशैंको अघिल्लो राम नवमीको दिनमा गाउँभरी राँगो घुमाउने र उक्त ग्वालाकमोटमा राँगा, बोकाको बली दिने चलन छ । यसको पूर्वपट्टि नाग्सिलको धारो छ । त्यहाँ एउटा महावै वासिले मान्दै आएको महावै देवताको थान रहेको छ। उक्त थानमा गेलाबासीहरुको गाइ भैसी व्याएको १० दिन पछिको शुरुको दुध र आलो नौनि चढाउने गर्दछन् जसलाइ दुध चामल दिने भनिन्छ । जबकी यस थानमा दुध चामल नदिए सम्म आफ्नो कुल देवताको रुपमा रहेको महावै देवता मान्ने बाहेक अरुलाइ दुध दहि दिन नमिल्ने चलन छ ।

अवस्था

नेपालको कर्णाली प्रदेशको कालीकोट जिल्लाको महावै गाउँ पालिकाका अन्तर्गत वडा नं ५ साविक गेला गा वि स वडा न १, २, ३ र ४  पर्दछ । पूर्व महावै गाउँ पालिकाको वडा न ६ साविक गेला गा वि स को  ५, ६ र ७ गणेशकोट र कुनी गाउँपश्चिम साविक मुग्राहा गा वि स हाल शुभकालीका गाउँपालिका वडा नं ७ र ८ दक्षिण वल्ले हिमाल दैलेख जिल्लाको सिमाना उत्तर तिला नदिखाँडाचक्र न पा को ६ र ७ नं वडाको सिमानामा अवस्थित गेलाको तल्लो भाग तिसेली नजिकको गल्ले भन्ने ठाउँ महावै गाउँ पालीकाकै सवै भन्दा होचो भाग समुन्द्री सतह देखि ७३८ मिटर को उचाइमा छ भने महावै गउँपालिकाकै सवैभन्दा अग्लो भाग वल्ले हिमाल ४७९० मिटरको उचाइमा रहेको छ। यहाँको क्षेत्रफल  ....  वर्ग मिटर रहेको छ । नोटयो उचाइ महावै गापाको डकुमेन्ट्रीबाट साभार गरिएको हो।

       भू वनोटको हिसावले गेला भिरालो पाखोमा पूर्वी उत्तरी मोहोडामा अवस्थित रहेको छ । माथि महावैको सवै भन्दा अग्लो भागवल्ले लेखदेखि महावै गापाकै सवैभन्दा होचो भाग गल्ले भन्ने ठाउँ देखिन्छ। माथि वल्ले लेख देखि तल गल्ले उडिसेरा सम्म फैलिएको गेलाको माथिल्लो भाग वन जंगलले ढाकिएको बीचको भागमा खेतियोग्य जमिन र तल्लो भूभाग भिरालो र केहि खेती योग्य जमीन रहेको छ । महावै गाउँ पालिकाकै सवै भन्दा वढि धानफल्ने भूभाग यसै वडाको ‌ओलगेलामा पर्दछ । त्यस भन्दा तल्लो भूभाग कर्णाली राजमार्ग सेरी पान्तडी सडक मार्ग निर्माणाधिन अवस्थामा हुदा भूक्षय भइ ठाउँ ठाउँमा पहिरो गइ औलगेला वस्ती नै जोखिममा रहेको छ । यहाँ समसितोष्ण हावापानी पाइन्छ । हिउँदमा यहाँको अग्लो भागमा हिउँ जम्दछ ।

जनसंख्या र जात जाती­.

       जनसख्याको हिसावले महावै गाउँपालिकाकै सवै भन्दा ठूलो वडा रहेको छ । यहाँको जम्मा जनसंख्या २२६२रहेको छ । नेपाल चार जात छत्तीस वर्णको साझा फुलवारी भने झैं यहाँ मुख्य जातहरुमा ब्राम्हण क्षेत्री ठकुरी र दलित रहेका छन् । बाहुनका जातहरुमाः  पोखरेल, भट्टराइ । ठकुरीहरुमाः रास्कोटी, कलेल र सोमवंसी । क्षेत्रीहरुमाः बोहोरा, सेजुवाल, भण्डारी, कठायत,खत्री, घर्ती,रावत । दलितमाः सुनार, लुवार, वि. क, कामी, परियार, दमाइ आदी ।

महावै गाउँपालिका वडा नं ५ घरधुरी सर्वेक्षण २०७९ फागुन

टोलको नाम

घर धुरि

पिरवार संख्या

उमेरगत पिरवार संख्या

शैक्षिक स्थिति

पशु पंछी पालन

महिला

पुरुष

जम्मा

५ वर्ष मुनि

५–१८ वर्षका

१८–६० सम्म

६० माथि

निरक्षर

साक्षर

SEEमाथि

भैसी

गाइ गोरु

भेडा बाख्रा

हाँस कुखुरा

औलगेला  बाहुन टोल

४५

११४

११२

२२६

२३

७१

११६

१२

१८

१७८

८४

११

१२७

२१२

९१

औलगेला खत्री

१२

२९

२७

५६

१६

३०

५४

१८

३२

४५

४७

औलगेला दलित

५०

१४३

१३८

२८१

२८

११८

११४

२२

२३

२४५

४९

७७

७५

७०

औलगेला क्षेत्रीटोल

१६

५७

६३

१२०

१५

३५

६२

१५

१००

३७

४७

०७

३२

मुसेवाडा

५३

१६३

१७४

३३७

३८

११५

१५६

२६

१९

१९०

९०

२८

१३४

१२१

१२०

भण्डारी

२४

७२

७३

१४५

१५

४८

६३

१७

१५

६६

४९

६०

२५

३२

दाहलभत्ताल दलित

१४

४२

५१

९३

१०

३०

५१

६९

२४

०६

५६

परियार

१४

४८

५०

९८

१०

२७

४९

७०

११

२६

२०

कठायत वाडा

२२

५६

६६

१२२

१२

३४

६७

२४

५१

४३

४६

१८७

१३४

सैंगेला

४७

११७

१३१

२४८

२३

७४

१३६

१३

४७

११३

९०

१५

१०७

४३

३४

चाहाकोट

५२

१७७

१९०

३६७

४२

९८

१५८

४३

१३

२७२

१२०

२६

११०

६९

६९

माझगेला दलित

२५

९०

७९

१६९

२७

४३

७८

२१

११

१३०

२३

६२

४६

४६

 

३७४

११०८

११५४

२२६२

२५१

७०९

१०८०

१८३

१९६

११३८

६२३

११९

८५२

८३८

७६१

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

                

जातीगत आधारमा जनसंख्या विवरण

जात

घरधुरी

महिला

पुरुष

जम्मा

बाहुन

९२

२३१

२४३

४७४

क्षेत्री

७४

२१४

२२९

४४३

ठकुरी

१०५

३४०

३६४

७०४

दलित

१०३

३२३

३१८

६४१

जम्मा

३७४

११०८

११५४

२२६२

 

 

भाषा र धर्म संस्कृती

यहाँ नेपालको सिंजामा उत्पति भएको खस भाषा बोल्ने गरिन्छ । विशेष गरि केहि ठकुरीहरुले उच्च आदरार्थी भाषा प्रयोग गर्ने गर्दछन् भने हाल पढाइ लेखाइ नेपाली भाषामा हुने भएकाले खस भाषा पनि लोप हुदै गएको पाइन्छ ।

पुरातात्विक रुपमा रहेको गेलाको पञ्चदेवल गेलाको एक मुख्य पौराणिक सम्पत्ती हो । पाण्डवहरुले बनाएका पाँचवटा पञ्चदेवल पाँचवटा मुग्राँहा: सैंगेला मुग्राह, लाहा पाल्त मुग्राहा, मैयामाडु मुग्राहा, चौर धारा मुग्राहा, रन्यावाडा मुग्राहा र सल्लीडाँडा मुग्राहा र पाँचवटा कुवा: नाउलाधारा कुवा, खर्केउन कुवा, नाव कुवा, भूलु कुवा, रहेका छन् । हाल यि पाण्डवहरुद्वारा निर्मित कुवा, मुग्राहा, र देवलहरु केहि यथा स्थानमा जस्ताका त्यस्तै छन भने केहि भग्नावशेष रहेका छन् । यि पुरातात्विक सम्पदाको संरक्षाण र सम्वर्दन गर्न जरुरी छ । त्यस्तै गेलाको पश्चिम सिमानामा रहेको देवारको ढुंगामा लेखिएको सिलालेख पनि छ । जो अक्षर चिन्न र ययको अर्थ लगाउन अहिले सम्म कसैले पनि सकेका छैनन् ।

हिन्दु धर्म सँस्कृतीलाइ अंगालेर आइरहेका यहाँका मानिसहरुको सनातन देखि इष्ट देवताको रुपमा मान्दै अएका देवताहरुःकालिका, महावै, महादेव, जगनाथ, भवानी, कुलदेव,दाहाल, धलपुरो, नैनेल, मस्टो लागायत अन्य देवी देवता मान्दै अएका छन् । यि देवताहरुको श्रावण शुक्ल चतुरदशीका दिन महावु शिवजीको पुजा गरिसके पछि शुरु भइ भाद्र शुक्ल पूर्णिमाको ३ दिन पछि सम्म पुजा पाठ गरि स्थानीय पञ्चे बाजाका साथ धामी पतुर्ने, देउडा, झुडा, मागल, बालन, धमारी, आदि द्वारा रमाइलो मानउने गरिन्छ । यहाँका मुख्य पैठका रुपमा देउल जगनाथको पैठ, महादेव, भामासैनी, नाग्सील महावै, खर्केउन कुलदेवता, सैनाचौर भवानी, आदि रहेका छन् ।

चाडबाडहरुमाः दशैं, तिहार, माघीतिहार, चैते अष्टमि, तागा, साउने संक्रान्ति रहेका छन् । यि चाडबाडहरुको आ–आफ्नै महत्व रहेको छ।

तागाः वर्षको दुइ पटक नयाँ वर्ष बैशाख १ गते विषेश धानको वीउ रुजाउने दिन र कार्तिक ६ गते धान काट्न शुरु गर्ने दिन । शिवलिङ्गको पुजा गरि आफ्ना पतिको सु–स्वास्थ्य र दिर्घायु को कामना गरि मनाइने महिलाहरुको विशेष चाड पनि भनिन्छ ।

 

रैथाने तथा उन्नत जातको कृषि बालीको अवस्था तथा सम्भावना

परम्परा देखि कृषि प्रणालीमा आधारित रहेका यस ठाउँका मानिसहरु अँझै सम्म करिव ९५ प्रतिशत कृषिमा निर्भर रहेकाछन् । १९ औं सताव्दीमा यहाँको तल्लो भाग औलासैन, उडीसेरा, हात्तीगेला भन्ने ठाउँमा यहाँका मानिसहरुले कपास खेति गरि चर्खा उइटोको प्रयोग गरि कपासको धागो काति ठेटुवा बुनी लुगा वनाउने गर्दथे, हाल लगाउने मुख्य वालीहरु: धान, गहुँ, मकै, केदो, जौ, फापर, रहेका छन् भने तरकारीमा: आलु, फर्सी, बन्दा, छिचिन्डा, भिडा, करेला, पिडालु, आदि रहेका छन्। फलफुलमाः स्याउ, सुन्तला, कागती,अमिलो, केरा, आरु, पुलम, अनार, नास्पती, आदी फलफुलहरु न्यून रुपमा उत्पादन गरेको पाइन्छ ।

यहाँको माटो जाँच गरि  हावापानी अनुसार कहाँ कुन खेति उत्पादन हुन्छ त्यस तर्फ गाउँ गाउँमा कृषि प्राविधिक खटाइ उन्नत जातको वीउ विजन प्रयोग गरि उन्नत जातको व्यवसयिक खेतिगरि बाहिरबाट आयात हुने अन्न, दाल, तेल र तरकारी यहीं उत्पादन गर्न सके यहाँका मानिसहरुको जिवनमा केहि सकारात्मक परिवर्तन आउने सम्भावना देखिन्छ ।

रैथाने तथा उन्नत जातको पशुपंछीको अवस्था तथा सम्भावना

बुढापाकाहरुको भनाइ अनुसार पहिले यहाँका धेरैजसो मानिसहरुले प्रत्येक घरमा भैसी पाल्ने घिउ जम्मा गरि नेपालगंज लगेर काचो धागो ल्याएर ठेटुवा बुन्ने र लुगा बनाउने गर्दथे भने हाल फाटफुट रुपमा मात्र भैसी पाल्ने गरेको पाइन्छ। धेरै जसो यहाँका मानिसहरु कृषिमा आधारित भएकाले गाइ गोरु अनिवार्य रुपमा पाल्ने गरेका छन्। ४, ५ जनाले मात्र व्यवसायीक रुपमाबाख्रा पालन गरेका छन् भने दुइचार बाख्रा पाल्ने धेरै घरहरु छन्। केहि पुराना बुढा पाकाहरुले पुरानो राडी पाखी बनाउने पनि गरिरहेका छन्। त्यस्तै छिटफुट रुपमा कुखुरा पालेका छन्। यहाँका स्थानीय व्यापारीहरुले नजिकको बजार पिली तथा मोल्फाबाट बोइलर कुखुरा ल्याएर मासु बेच्ने गरेको पाइन्छ। प्रत्येक वर्ष दशैंमा मात्र कालीकोटको तिलागुफा न.पा.को रुडु बन्चु, जुम्ला तथा मुगुको पाटन चरेका भेडाहरु ल्याएर करिव बीस लाख भन्दा बढिको मासु खरिद गर्ने गरेको पाइन्छ ।

डाले घाँस रोप्ने गरि स्थानीय तथा उन्नत जातका बाख्रा तथा हाँस, कुखुरा पाली आफ्नै गाउँमा मासु जन्य पशु पंक्षीहरु उत्पादन गर्नमा यहाँका किसानहरु लाग्नु पर्छ । यहाँको स्थानीय सरकारले पनि यसमा ध्यान दिएमा यहाँका मानिसहरुको आर्थिक उन्नतीमा टेवा पुग्ने देखिन्छ ।

 

विद्यालय संख्या तथा साक्षार वडा घोषणा शिक्षाको समग्र अवस्था

महावै गाउँपालिकाको पहिलो तथा कालीकोट जिल्लाकै तेश्रो मा वि को रुपमा रहेको श्री कालीका मा.वि. गेलामा हाल कक्षा १२ सम्म सञ्चालन भएको छ भने यहि २०७९ सालबाट कृषि वालीविज्ञान समेतको कक्षा सञ्चालन भएको छ । श्री आदर्श आ.वि औलगेलामा कक्षा ५ सम्म, श्री पञ्चदेवल आ.वि. ग्वालाकोटमा कक्षा ३ सम्म, र श्री चुनढुङ्गा आ वि खोलिबजारमा कक्षा ३ सम्म सञ्चालनमा रहेका छन् भने ५ वटा बाल विकास केन्द्रहरु रहेका छन् ।

शिक्षा सम्बन्धि वर्तमान प्रतिस्पर्धाको यूगमा यहाँको शिक्षाको गुणस्तर खस्कदै गएका कारण जुनसुकै क्षेत्रबाट भए पनि अलि अलि आर्थिक आम्दानी गर्ने मानिसहरुले ठूलो धन खर्च गरी आफ्ना वालवलिकालर्इ शहरतिर निजी वोर्डिङ्ग स्कुलमा पढाउने गरेका छन् ।

२०७३ सालमा साविक गेला गा.वि.स.लाइ साक्षार गा.वि.स.घोषणा भए ता पनि केहि बुढा पाकाहरुले भने ल्याप्चे गर्न छोडेका छैनन् ।

मुख्यतया सरकारको तर्फबाट समय समयमा सहि अनुगमन तथा मुल्यांकन नहुनु, विद्दार्थी अनुपातमा शिक्षक नहुनु, शिक्षकहरुलाइ समय समयमा तालिम नहुनु, शिक्षक कर्मचारीहरुको नियमित तथा आफ्नो जिम्मेवारी बोध नहुनु र अशिक्षित अभिभावकहरुको शिक्षा प्रति चासो नहुनुका कारण शिक्षाको गुणस्तरमा ह्रास आएको देखिन्छ।

 तसर्थ यसमा स्थानीय सरकार तथा सम्बन्धित निकाय र सरोकारवालाहरुले सचेत र सजग भइ शिक्षाको गुणस्तर सुधारका लागि पहल गर्न सके यहाँका मानिसहरुको आर्थिक वचत हुनुको साथै शहरको चर्को घामबाट बच्न र आमा बाबुको न्यानो काखमा रमाएर पढ्न पाएको भए वालवालिकाहरुको शारीरिक र मानसिक बृद्धीमा  अझैं कति सकारात्मक सुधार आउथ्यो होला ।

रोजगारीको अवस्था तथा सम्भावना

यस वडामा हाल सम्म ८ जना स्थायी शिक्षक, ५ जना अधिकृत स्तर, १ जना नर्स, १ जना अहेव, २ जना खरिदार र २ जना ना.सु. गरी जम्मा १८ जना स्थायी रुपमा काम गरिरहेका छन् भने केहि करार र संघ संस्थामा काम गर्ने कर्मचारीहरु रहेका छन् । सुरक्षा निकाय तर्फ १० जना छन्। यसै गरी छिटफुट रुपमा वैदेशिक रोजगारमा गएका छन् भने अधिकांश यूवाहरु शहरतिर घुम्ती व्यापार र  भारततिर मजदुरी गर्न वाध्य भएका छन् ।

आधुनिक तथा व्यवसायिक कृषि नीति, उन्नत जातका पशुपंक्षी पालन, साना साना उद्धोग सन्चान, जडीबुटीको संरक्षण तथा सम्बर्धन गर्न सके र गुणस्तरीय शिक्षा प्रदान गर्न सके यहाँको रोजगारी बृद्धीको सम्भावना देखिन्छ।

स्वास्थ्य चौकी तथा संघ सस्थाको संख्या तथा अवस्था

यहाँ एउटा सामुदायिक स्वास्थ्य इकाइ रहेको छ। यस गाउँपालिकाबाट दुइ जना करार कर्मचारी अहेवको रुपमा काम गरी आएका छन्। यहाँका मानिसहरु सामान्य विरामी पर्दा महावै गाउँ पालिकाको ओदामा रहेको महावै सामुदायि अस्पतालमा, पिली, मोल्फा, मान्ममा जानु पर्दछ । यस सामुदयिक स्वास्थ्य इकार्इमा अनमी नहुदा गर्भ जाँच तथा सुत्केरी गराउन महावै गा.पा. को वडा न ६ मा रहेको कुनी स्वास्थ्य चौकीमा जानु पर्छ। उक्त स्वास्थ्य चौकी टाढा भएको र सवारी साधन तथा यातायातको पहुँच नहुदा केहि गर्भवती महिलाले वाटामै बच्चा जन्माउने गरेका छन् ।

यस वडामा एउटा अस्थायी प्रहरी वीट रहेको छ । यसमा एक हवलदार सहित चार जना सुरक्षा कर्मी रहेका छन् । संघ संस्थाहरुमा४ वटा सहकारी रहेका छन् । एक वटा सामुदायिक वन रहेको छ । यस वडामा लागु भएको भकारी कार्यक्रम,कर्णाली जल परियोजना, इको हिमाल आदि।

मठ, मन्दिरको अवस्था

मठ, मन्दिरहरुमा यहाँका मानिसहरुले मान्दै आएका जातीगत तथा टोल टोलका आ-आफ्ना देवि देवताका मन्दिरहरु छन् । जसलाइ थान भनिन्छ ।

जो निम्न अनुसार छन् ।

१ नाक्शिल महावै मन्दिर गा पा बाट निर्माण भएको

२ भण्डारी कुलदेव मन्दिर गा पा बाट निर्माण भएको

३ चाहाकोट गोरेलीमाडु मन्दिर गा पा बाट निर्माण भएको

४ देउल जगनाथ मन्दिर गा पा बाट निर्माण भएको

५ देउल महावै मन्दिर समुदायबाट निर्माण भएको

६ बुडामै कुलदेव मन्दिर गा पा बाट निर्माण भएको

७ सैन भुवानी मन्दिर गा पा बाट निर्माण भएको

८ दमाइको कुलदेव मन्दिर परम्परागत शैलीको

९ कठायतवाडा महादेव मन्दिर परम्परागत शैलीको

१० कठायतवाडाकालिका मन्दिर परम्परागत शैलीको

११ वैढुङ्गा जगनाथ मन्दिर परम्परागत शैलीको

१२ वैढुङ्गा भामासैनी मन्दिर परम्परागत शैलीको

१४ बुडामै भामासैनी मन्दिर परम्परागत शैलीको

१५ ग्वालाकोट नवदुर्गा मन्दिर गा पा बाट निर्माण भएको

१६ टाकुरा खला शिवमन्दिर गा पा बाट निर्माण भएको

पावर हाउस तथा उद्धोगको अवस्था

महावै गाउँपालिकाको वडा नं ७ को भ्यकुने भन्ने ठाउँमा एउटा विद्धुत पावर हाउस निर्माण भइ साविक गेला गा वि स हाल महावै ५, ६ र ७ मा वत्ती वलीरहेको छ । यसको सहि परिचालन संरक्षण तथा मर्मत नहुदा सोचेजस्तो उपभोग गर्न पाइरहेका छैनन्।

 

 

 

 

स्थानीयहरुको मुख्य पेशा तथा आंशिक व्यवसाय र आर्थिक अवस्था

यहाँको मुख्य पेशा कृषि नै रहेको छ । परम्परागत कृषि प्रणालीले जिवन यापन गर्न नसिकने भएकाले सिजनल रुपमा (हिउँदमा) यहाँका १५ देखि ६० वर्ष उमेरका मानिसहरु केहि भारतमा मज्दुरी गर्न र केहि घुमन्ते व्यापार गर्न शहरतिर जाने गर्दछन् । धेरै जसो मानिसहरुले कृषि पेशा गरेता पनि तेल, दाल, चामल र तरकारी किनेरै खाने गरेको पाइन्छ । खेतिपातीमा मेहेनत अनुसारको आम्दानी नहुने हुदा खेति गर्नतिर मानिसहरु जाँगर लगाउदैनन् त्यसैले पुर्खाहरुले कमाएका छेउछाउका जग्गा पनि बाँझै रहेका छन् ।

 

 

विकासको अवस्था तथा दिर्घकालीन योजनाहरुको अवस्था

कर्णाली प्रदेश कालीकेट जिल्ला नै राज्यले दुर्गम जिल्लाको सुचिमा राखेको छ । त्यसैमा महावै गाउँपालिका एक विशेष गाउँपालीका हो । यसमा अहिले सम्म राजमार्गले छोएको छैन । माहावै गाउँपालिकालाइ राजमार्ग पारीको गाउँपालीका भने पनि फरक नपर्ला किन भने तिला नदीमा  हाल सम्म पुल बनेको छैन । जेन तेन रोडको ट्रयाक खोलिएको छ । स्कुल छन् शिक्षामा गुणस्तर छैन । पुर्खाहरुले कमाएको आधा जग्गा बाँझै छ । परम्परागत कृषि प्रणालीले गुजरा चल्दैन। त्यसैले वेरोजगार यूवाहरु विदेशीन बाध्य छन् । केहि यूवाहरु धन ल्याएर आउछन् त केहि युवाहरु रोग र शोक ल्याएर आउछन् ।

      आशा छ यहाँको विकास तिव्रगतिले अगाडि बढिरहेकोः रोडको ट्रयाक ओपन भएको छ, सेरावाडा वेलीबृज पुल, पान्तडीमा पक्की पुल लाग्दैछ, शिक्षाक्षेत्रमा पनि सुधार आउदैछ । कृषिक्षेत्रमा पनि नयाँ प्रविधि आउदैछ । यूवाहरुलाइ रोजगारीका अवसरहरु खुल्दै छन् ।

 

वनजंगल, जंगली जनावर, पशुपन्क्षी नदी, पहाड, हिमाल,

गेलामा एउटा श्री कालीका महावै पातल सामुदायिक वन छ । यो यस वडाका सम्पुर्ण मानिसले उपभोग गर्दै आएका छन्। यस वनमा विभिन्न जातका रुखहरु छन्। यसबाट काठ दाउरा घाँस उपलब्ध हुन्छ। बहुमुल्य जडिबुटी सतुवा, अत्तीसी, पाखनवेद, बोझो, कुरीलो, पाँचऔले, समयो, सेतबेडु, वीषमा, पदमचाल, वायोजडी, निर्विषि, विषकाव्रे, विभिन्न जातका च्याउहरु, गुर्जो, कालो जिरो, गदाल्लो, विरल गानो, वाटुलपाते,आदि।

यहाँ धेरै किसिमका जंगली जनावरहरुः बाघ, भालु, घोरल, रतुवा, चितुवा, गुना, बाँदर, दुम्सी, व्वाँसो, स्याल, मल्छेउरा, विश्वकै दुर्लभ जिव रेडपाण्डा, कस्तुरी, बँदेल, ओद, भार्से, न्याउरी, थार आदि।

पंक्षीहरुः– यहाँ धेरै जातजातीका चराहरु पाइन्छन् जस्तैः नेपालको राष्ट्रिय पंक्षि डाँफे, मुनाल, फग्रास, मैना, सारस, हाँस, कालीज, कोइली, सुगा, चाखुरा, चमेरो, दिगुल्चो, भर्दायो, भ्याकुर, जुरेली, उल्लु, काल्चे, भगेरा, भ्याकुर, चील, गिद्द, गरुड, बाज, कोइरेली, न्याउली, काल्चेकाती, मदाल, लाटीकोसेरो, कोटकोटो, परेवा, मालुवा, काग आदी

हावापानी तथा मौसम

समसितोष्ण हावा पानी पाइने यस ठाउँमा हिउदमा धेरै चिसो पनि नहुने गर्मीयाममा धेरै गर्मी पनि नहुने यहाँको तल्लो भागमा आँप,केरा, बेलौती, सुन्तला जस्ता फलफुल पाइन्छन् भने माथिल्लो भागमा स्याउ, ओखर, जस्ता फलफुल पाइन्छन्। हिउदमा अग्ला डाँडाहरुमा हिउँ टल्कीन्छ भने बाह्रैमास वनजंगलले हरियाली भइरहन्छ। वसन्त ऋतुको आगमन सँग–सँगै यहाँको माथिल्लो भागमा लालीगुराँस फुलेर डाँडापाखाहरु ढकमक्क देखिन्छन्। कोइलीको सुमधुर स्वर सँगै सैयौ चराहरु गीत गाउदै गुञ्जयमान हुन्छन् । वर्षा याममा वनमा काफल, तिलखुरा, ऐसेलु लगाएतका थुप्रै फलफुलहरु पाइन्छन् ।

 

 

 

 

पर्यटकीय केन्द्र तथा आकर्शषण गर्दै निष्कर्श तथा अन्त्य

पर्यटकीय दृष्टिले यो ठाउँ अत्यन्तै रमणिय छ। यहाँको अग्लो भाग बल्ले हिमाल देखि हेर्दा उत्तरतिर चुलि हिमाल पूर्वतिर अग्ला हिमालहरु छायानाथ, लगाएत शैपाल हिमाल, घुची, चंखेली आदी हिमालहरु देख्न सकिन्छ, भने दक्षिणतिर दैलेख, अछाम, सुर्खेत, बाँके, बर्दिया लगायतका अन्य तराइका फाँटहरु तथा नेपालगञ्ज गुलरियाको वजार समेत सुक्ष्म दर्शक यन्त्रको प्रयोग गरि हेर्न सकिन्छ । यहाँ कैलेपाटाको दुदे दह, मौभेरा माथिको दुदे छहरा घरको छाना जस्तो आकार भएको पखिरे ढुङ्गो, गाइखर्क, फेमीकोट, डाँफेचराको वास स्थान मानिने रुडु वन्चुको पाटन र महावै गाउँ पालीकाको सम्पूर्ण भूगोल देख्न सकिने डाँफेशिलको डाँडा, जनयूद्दको अन्तिम यूद्द भएको पिलि भन्दा तलतिरको धौला कवट, गाइका चारवटा थुन जस्ता आकारका चारवटा थुन जस्ता ढुंगाबाट पानी धारा आउने तिसेली गुफा पाँच भाइ पाण्डव द्वारा निर्मित पाँच पञ्चदेवल, पाँच मुग्रहा,पाँच कुवा गेलाको पश्चिम भागमा रहेको देवारको ढुंगाको शिला लेख आदी रहेका छन् । राइकेमेला र इलामको अन्तु डाँडाँ जस्तो आकार भएको उनीपाटाको डाँडाँमा चिया खेति गरी पर्यटकिय पदमार्ग निर्माण गरिए प्राकृतीक सम्पदाको संरक्षण र संवर्धन गर्न सके यहाँको पर्यटकीय क्षेत्रको विकास भइ आर्थीक उन्नती हुने प्रवल सम्भावना देखिन्छ ।

तल गल्ले माथि वल्ले एक अर्काले देख्छन् ।

उही हुन्छन् महाँ पुरुष जो इतिहास लेख्छन् ।

                                  वारी वल्ले पारी चुली वीच तीला नदी

                                  सवैलार्इ नमस्कार मेरो पाठक वर्ग जती

 

                                                                                                                                                    शंखलाल पोख्रेल

                                                                                                                                                        औगेली

                                                                     

 

 

      

                                                                     

Population: 
१५०४
Ward Contact Number: 
९७४९८३०८१०