महावै गाउँपालिको नक्सा
सूचना
वडा नं.२ को कार्यालय
महावै वडा नं. २ कालीकोटको संक्षिप्त परिचय
प्राकृतिक स्रोतले भरिपूर्ण यस वडा साविकको ओदनाकु गाउँ विकास समिति रहेको थियो ।वर्तमान संविधानको जारी भएसँगै राज्यको पुनसंरचना भए पश्चात ओदानकु गाउँ विकास समिति महावै गाउँपालिकाको वडा नं. २ मा परिणत भई गठित भएको छ ।
त्यसैगरी महावै गाउँपालिका वडा नं २ को रुपमा अवस्थित पाद्मघाटबाट गाउँपालिकाको केन्द्रको रुपमा रही औपचारिक रुपमा कार्यालयी कामकाज समेत भईरहेको छ ।यस वडाको आफ्नो वडा कार्यालय नहुँदा प्रशासनिक कार्य सम्पादनमा प्रतिकूल असर पर्दै आइरहेकोले भाडाको घरमा संचालनमा आइरहेको विद्यमान अवस्था रहेको छ ।
यस वडाको भौगोलिक बनावटको कुरा गर्दा यो वडा महावै गाउँपालिकाको अरु वडा भन्दा मनमोहक र पृथक छ ।पूर्व गाडखेतको खोला देखि पश्चिम झ्यागाड खोला र उत्तर पादमघाट खोला देखि दक्षिण सल्लाघारीले सीमानाको रुपमा छुटाएको छ ।
प्राकृतिक रुपमा ओदा सन्दुरताले विछट्टै मनमोहक छ ।यहाँको हावापानी न जाडो न गर्मी छ । झट्ट हेर्दा बेँसीका फाँट जस्ता देखिने ओदाका सेराले यस वडाको सुन्दरतामा थप आयम थपेको महशुस हुन्छ ।
वडा नं. २ का पदाधिकारीहरुको विवरण
- हर्क बहादुर सिहं – अध्यक्ष
- धर्म राज सिहं – वडा सचिव
वडा नं. २ को धार्मिक तथा साँस्कृतिक परिचय
महावै गाउँपालिका वडा नं. २ को ऐतिहासिक धार्मिक स्थलहरुको उल्लेख गर्दा केहि महत्वपूर्ण मठ मन्दिरहरुमा महादेवको पीठ, महावै पीठ, जगनाथ गुडलील पैठ, भामासायिनी पीठ आदि बीरजमान रहेका छन् ।
यस गाउँपालिका, छिमेकी गाउँपालिका लगायत स्वदेश तथा विदेशमा वसोबास गर्ने भक्तजनहरु आई धार्मिक नाच र भामासायिनीको पैठमा भामासायिनी देवताको धार्मिक अनुष्ठानहरु आयोजना गरी देवताको यज्ञ गरी आगोमा नाच्ने र तातो तेल पिउने, पियाउने जस्ता आश्चर्यजनक कार्यहरु प्रत्यक्ष देख्न सकिन्छ ।यस धार्मिक अनुष्ठानहरुमा तीर्थ यात्रा, उपसाना गर्नाले भक्तजनहरुको मनोकांक्षाहरु पूरा भई घरपरिवारमा शुभ हुने जनविश्वास रहेको पाइन्छ ।
वडा नं. २ को जनसांख्यिक वितरण तथा बोलिने भाषा -भाषि
वडा नं. २ मा कुल जनसंख्या १५६८ रहेको छ । जसमध्ये पुरुषको जनसंख्या ७६६ र महिलाको जनसंख्या ८०२ रहेको तथ्यांक रहेको छ ।यस वडामा बसोबास गर्ने जात जातिहरुमा सिंह ठकुरी, मल्ल ठकुरी, शाही ठकुरी, ब्राहमण, दलित लगायतका जातजातिहरुको सघन बसोवास रहेको छ ।
यस वडामा हिन्दु धर्मवालम्वीहरुको बाहुल्यता रहेको छ । भाषा भाषिको कुरा गर्ने हो भने वडा नं २ का बासिन्दाहरु नेपाली खस भाषा बोल्दछन् ।नेपाली ‘खस भाषा’ वर्तमान नेपाली भाषा सरकारी कामकाजको मानक भाषाको रुपमा समेत प्रयोग संविधानले प्रदत गरेको छ ।
वडा नं. २ को स्वास्थ्य, शिक्षा, सडक र अन्य भौतिक संरचनाको वर्तमान अवस्था
वडा नं. २ मा अवस्थित महावै सामुदायिक अस्पतालले महावै गाउँपालिकामा नै गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्दै आईरहेको छ । यस वडामा आकस्मिक हेलिप्याडको समेत व्यवस्था रहेको छ ।यस वडालाई सडक संजालमा जोड्ने कार्य तीव्र रुपमा भइरहेको छ । र वडा भित्रका गोरेटो बाटाहरु पी. पी. सी. गर्ने कार्य भइरहेको छ ।यस वडामा महावै गाउँपालिकाकै नमुना विद्यालय रहेको छ । जसले यस वडाको साथै सीमानका अन्य वडाका शिक्षाको अवस्थालाई साक्षर र गुणस्तरीय बनाई उच्च शिक्षा तथा जनशक्ति उत्पादन गर्ने दिशामा उजागर गर्ने कार्य गरिरहेको सर्वदित नै रहेको छ । यस वडामा दुई वटा माध्यमिक विद्यालय र दुई वटा इ. सी. डि. रहेका छन् ।