FAQs Complain Problems

स‌ंक्षिप्त परिचय

कर्णाली प्रदेश अन्तर्गत  रहेको जिल्ला कालिकोट एक हिमाली जिल्ला हो | यस जिल्लामा ३ नगरपालिका र ६ ओटा गाउँपालिका रहेका छन् | ६ ओटा गाउँपालिका मध्ये  अक्षांश २९.०९७६०६६ र देशान्तर ८१.७५८७३०४ मा अवस्थित यस महावै एक गाउँपालिका हो | साविक चिल्खाया गा वि स को ९ नं  वडा, ओदानकु र गेला गा वि स मिलेर बनेको छ । यस गाउँपालिकामा हाल जम्मा ७ वटा वडाहरु रहेका छन् । यस गाउँपालिकाको कार्यालय वडा न‌ं. १ मा अवस्थित छ । वि.सं. २०६८ सालकाे जनगणाना अनुसार यस गाउँपालिकाको  जम्मा जनसंख्या ८३२३ रहेकाे छ र यस गाउँपालिकाले जम्मा ३२२.०७ वर्ग किलोमिटर क्षेत्रफल ओगटेको छ l यस गाउँपालिका मा जम्मा १८ वटा विद्यालयहरु रहेका छन् । यस गाउँपालिकाले हाल सम्म पनि मोटर बाटाेको  विकास भएको छैन । यहाँ विभिन्न किसिमका पर्यटकीय क्षेत्र जस्तै महावु लेक, नदी, हिमाल, वनजंगल भएता पनि मोटर बाटोको अभावका कारण ओझेलमा परेकाे छ । यहाँको यातायात पूर्वधारमा गोरेटो बाटो एक मात्र विकल्पकाे रुपमा रहेकाे छ । यस गाँउ पालिका मा जम्मा ५ वटा स्वास्थ्य केन्द्र रहेका छ र यस गाउँपालिकाले एम. वि. वि. एस. डक्टर र ल्याव सहितको काे महावै अस्पताल सञ्चालनमा ल्याइ सेवा प्रदान गरी रहेको छ ।